२४ घण्टामा कोरोना लागेर २० जनाको मृत्यु

२४ घण्टामा कोरोना लागेर २० जनाको मृत्यु

कोरोना संक्रमणबाट गत २४ घण्टामा २० जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधिमा उक्त संख्यामा कोरोनाका विरामीको मृत्यु भएको पुष्टि गरेको हो ।

त्यस्तै, सोही अवधिमा मन्त्रालयले २ हजार ६२४ जनामा कोरोना संक्रमण पुष्टि गरेको छ । मन्त्रालयका अनुसार ८ हजार ६६७ जनामा पीसीआर तथा ४ हजार ९०६ एन्टिजेन गरी १३ हजार ५७३ जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमण भेटिएको हो ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा १ हजार ३२० जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर ३९ हजार ४०५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

टिप्पणीहरू