कुलमानको नियुक्तिविरुद्ध अदालत पुगे हितेन्द्र
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा कुलमान घिसिङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयलाई चुनौती दिँदै पूर्व कार्यकारी निर्देशक हितेन्द्र शाक्य सर्वोच्च अदालत पुगेका छन् ।
शाक्य आफैंले हालेको रिटमा अवधि बाँकी छँदै आफूलाई अपमानजनक ढंगले हटाइएको भन्दै पुनर्बहालीका लागि अन्तरिम आदेश माग गरिएको छ ।
रिटमा प्राधिकरणमा कुलमान घिसिङको नियुक्ति बदर गर्न माग गरिएको छ । आफूले राजीनामा नदिएको अवस्थामा सरकारले गैरकानूनी रूपमा घिसिङलाई नियुक्त गरेर एउटै पदमा दुई व्यक्ति कायम गरेको शाक्यले जिकिर गरेका छन् ।
उक्त रिटमाथि सुनुवाइका लागि पर्सि बुधवार पेशी तोकिएको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ । सरकारले शाक्यलाई हटाएर कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाएको थियो । शाक्यको सहमतिमै उनलाई ऊर्जा आयोगमा ४ वर्षका लागि नियुक्त गरिएको भनिएको थियो ।
टिप्पणीहरू