सर्वोच्चबाट महन्थ-राजेन्द्र फेरि जिल्ल
जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादबारे उक्त पार्टीको केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष महन्थ ठाकुरलाई सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएर हिस्स पारेको छ ।
न्यायाधीश दीपककुमार कार्की र डा.आनन्दमोहन भट्टराईको संयुक्त इजलासले ठाकुरको रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिनु नपर्ने बताएपछि ठाकुर पक्ष थप मर्का झेल्न बाध्य भएको हो ।
यसअघि निर्वाचन आयोगले साउन ११ गते नेता उपेन्द्र यादवको समूहलाई जसपाको आधिकारिकता दिने निर्णय गरेपछि ठाकुर सर्वोच्च अदालतको ढोका ढकढक्याउन गएका थिए ।
‘निर्वाचन आयोगले टाउको गन्ती गरेर एक पक्षको बहुमत देखाइसकेको हुँदा निवेदकलाई तत्काल अपूरणीय क्षति पुग्ने अवस्था नदेखिएकोले सुविधा र सन्तुलनलाई दृष्टिगत गर्दा हाल मागबमोजिम अन्तरिम आदेश जारी गर्नु परेन’ सर्वोच्चको आदेशमा भनिएको छ ।
टिप्पणीहरू