कुन दल फुटाउन कति सांसद आवश्यक ?
सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिश गरेपछि विभिन्न शंका र उपशंका उठ्न थालेका छन् । विशेषगरी जसपाको महन्थ ठाकुर र एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई नयाँ दल दर्ता गर्न सजिलो हुने गरी २० प्रतिशत सांसद र त्यत्ति नै संख्यामा पार्टी केन्द्रीय समिति सदस्य भए पुग्ने नयाँ व्यवस्था सहित अध्यादेश आउने भएपछि सबैले सोहीबमोजिम हिसाब गरेका हुन् ।
तर, अध्यादेश जारी भएपछि उल्लेखित २० प्रतिशतको व्यवस्थाबमोजिम मुख्य राजनीतिक दलहरु फुटाउन चाहेमा अब धेरै जना सांसद र केन्द्रीय सदस्यको आवश्यकता नै नपर्ने भएको छ । जसअनुसार एमाले फुटाउन २५ जना सांसद भए पुग्छ ।
कसैले नेपाली काँग्रेस फुटाउन चाहेमा १३ जना सांसद र माओवादी केन्द्र विभाजन गर्न खोज्ने हो भने १२ जना र राजपा फुटाउन कम्तिमा ७ जना भए नयाँ व्यवस्थाअनुसार दल विभाजन गर्न सकिने सजिलो उपाय हुनेछ । यसअघिको ४० प्रतिशतको व्यवस्थाले ठ्याक्कै अहिलेकोभन्दा दोब्बर सांसद चाहिन्थ्यो ।
टिप्पणीहरू