मारुती सुजुकी गाडी कम्पनीलाई २ अर्ब जरिवाना
भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुती सुजुकीलाई २ अर्ब भारतीय रुपैयाँ जरिवाना गरिएको छ ।
कर्पोरेट मामिला मन्त्रालयका अनुसार पुनः बिक्री मूल्य (रिसेल कस्ट) मा समेत छुटको नीति देखाएर कर छलेको आरोपमा उक्त जरिवाना गरिएको हो ।
खुल्ला बजार प्रणालीमा उक्त नीतिलाई प्रतिस्पर्धी बजार विपरितको कार्य ठानिएकाले सरकारले मारुतीलाई त्यति धेरै जरिवाना तिराएको हो । भारतमा मध्यमवर्गीय परिवारले प्रयोग गर्ने सवारी साधनको उत्पादनमा मारुती सुजुकी सबैभन्दा अगाडि छ ।
टिप्पणीहरू