अफगानिस्तानका लाखौं सैनिकलाई ७५ हजार तालिबान लडाकुले कसरी हराए ?

अफगानिस्तानका लाखौं सैनिकलाई ७५ हजार तालिबान लडाकुले कसरी हराए ?

युध्दको निम्ति कुनै स्तरीय र आधुनिक तालिम नपाएका, आधुनिक हतियार नभएका र जम्मा ७५ हजारको संख्यामा रहेका तालिबान लडाकूले अचम्मसँग त्यहाँको सैनिक र अन्य सुरक्षाकर्मीलाई सजिलै हराएका छन् । विश्वको शक्तिशाली अमेरिकाले बीस वर्षदेखि तालिम दिएका झण्डै ३ लाख आधुनिक हतियार सुसज्जित सेना कसरी पराजित भए ? अचम्म छ ।

तालिबानले कुनै धेरै समय नलगाई राजधानी कब्जा गरेको हो । करिब एक महिनाको बीचमा उसले अफगानिस्तानका अधिकांश भूभाग सजिलैसँग आफ्नो नियन्त्रणमा लिएको थियो ।

अमेरिकाले सन् २००२ मा अफगानिस्तानमा तालिबान सरकारलाई फालेर नयाँ सरकार स्थापना गरेसङ्गै तालिबानहरु हारेको र हराएको झैँ भएका थिए । तर उनीहरुले आफ्नो इस्लामिक सोचको पूरा फाइदा लिएकाले त्यस्तो देखिएको समाचार स्रोतहरुले बताएका छन् ।

त्यतिबेला उनीहरुका केही शीर्ष नेतामात्र भूमिगत भए । बाँकी सबैले अफगान सेनामा भर्ति भएर उल्टै अमेरिकालाई मूर्ख बनाएको रहस्य अहिले खुलेको छ । उनीहरु अमेरिकी सेनाको अधिनमा रहेको नाटक गर्दै भित्रभित्रै आफैं रमाउँदै आएका थिए ।

उक्त कुुरोको अलिकति गुदी केही वर्षअघि अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसम्म पुगेको बताइन्छ । त्यही कारण ट्रम्पले एकाएक अफगानिस्तान छाड्ने योजना बनाएका हुन् । किनकि अमेरिकाले अनावश्यक रुपमा अफगानिस्तानमा खर्च र मानवीय क्षति व्यहोरिरहेको थियो ।

अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना फिर्ता लैजाने घोषणा गरेको एक महिनामा त्यहाँको ३ लाख सेनाले तालिबानसँग कुनै प्रतिरोधसमेत गरेन । जबकि उनीहरुसँग आधुनिक हतियार र वायु सेनासमेत थियो । तालिबानसँग सतहमा हेर्दा केही पनि छैन ।

उनीहरुले सामान्य ढंगले प्रतिरोध गरेपछि तालिबानले भने बकाइदासँग एकपछि अर्को शहर,प्रान्त र शहर कब्जाको क्रमलाई जारी राखेका थिए । यसअघि इराकमा सध्दाम हुसेनको समयमा पनि यस्तै भएको थियो ।

त्यहाँ पनि अमेरिकाले एउटा कठपुतली सरकार गठन गर्यो । तर पछि गएर त्यही सेनाको एउटा ठूलो भाग आईएसको रूपमा उभियो । किनभने इस्लाम धर्मावलम्वीहरु कुरान र पैगम्बरबाहेक अरु कसैप्रति विश्वास गर्दैनन् ।

टिप्पणीहरू