कोशी नदीमा मन्त्रीले गरे अध्यादेशका कुरा
कोशी टप्पु निरीक्षण गर्ने भन्दै सुनसरी पुग्नुभएका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशलाई बाध्यात्मक परिस्थितिको उपज भन्नुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले जारी गरेको अध्यादेशलाई एमाले फुटाउने षड्यन्त्र भन्दै पार्टीभित्रै चर्को आलोचना भइरहेको समेत कार्कीले बताउनुभएको छ ।
हिजो निर्वाचन क्षेत्र सुनसरी पुग्नुभएका मन्त्री कार्कीले ओली सरकार स्वार्थकेन्द्रित बन्दा मुलुक अनिर्णयको बन्दी बनेको बताउँदै अहिलेक अध्यादेश मुलुकको निकाश र सम्वृद्धिका लागि आएको दाबी गर्नुभएको छ ।
मन्त्रीसँगै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशकसहितको टोली पनि कोशी टप्पु पुगेको थियो । स्थानीयले झेल्दै आएको हात्तीसहितका जंगली जनावरको आक्रमण रोक्न आवश्यक कार्ययोजना अघि बढाउने विषयमा आफूले पहल गर्ने कार्कीले स्थानीयलाई आश्वासन दिनुभएको छ ।
टिप्पणीहरू