१३ दिनपछि ३ बर्षलाई नयाँ प्रधानसेनापति

१३ दिनपछि ३ बर्षलाई नयाँ प्रधानसेनापति

राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृत रथी प्रभुराम शर्मालाई नेपाली सेनाको प्रधान सेनापति पदमा भदौ २४ गतेबाट लागु हुने गरी नियुक्त गर्नुभएको छ ।

संविधानको धारा २६७, उपधारा (५) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आउनुभएका शर्मालाई राष्ट्रपतिले प्रधानसेनापतिमा नियुक्त गर्नुभएको हो । उहाँको कार्यकाल ३ बर्षको हुनेछ भने २० गते हालका सेनापति पूर्णचन्द्र थापा शशीभवनबाट आफ्नो निजी निवास बूढानीलकण्ठ सर्ने कार्यक्रम छ ।

टिप्पणीहरू