१५ वर्षीया बालिका १५ वर्षेबाट पटक पटक बलात्कृत
म्याग्दीमा १५ वर्षीया बालिकालाई १५ वर्षे बालकले पटक पटक होटलमा लगेर जबरजस्ती करणी गरेको रहस्योद्घाटन भएको छ । स्थानीय बालिकालाई पटक पटक करणी गर्ने मालिका गाउँपालिका ५ बस्ने १५ वर्षीय बालक जाहेरीपछि पक्राउ परेका छन् ।
उनले बालिकालाई भदौ २ गतेदेखि १२ गतेसम्म बेनिबजारको होटल शिखर र डल्फिनमा जबरजस्ती करणी गरेको बताइएको छ ।
उता कञ्चनपुरमा १० वर्षीया बालिकालाई १६ वर्षे किशोरले जबरजस्ती करणी गरेका छन् । बलात्कारको अभियोगमा लालझाडी गाउँपालिका ४ जाँई बस्ने १६ वर्षीय किशोर पक्राउ परेका हुन् ।
बालिकालाई किशोरले जबरजस्ती करणी गरेको थाहा पाएपछि प्रहरी कार्यालय झलारी र अस्थाई प्रहरी पोष्ट बन्साबाट खटिएको टोलीले किशोरलाई घटनास्थलबाटै पक्रेको बताइएको छ ।
टिप्पणीहरू