दैलोमै पुगेर महेश बस्नेतलाई देउवाको दनक

दैलोमै पुगेर महेश बस्नेतलाई देउवाको दनक

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको विश्वासपात्र भनिएका भक्तपुरका सांसद महेश बस्नेतलाई मुखभरिको जवाफ फ़र्काउनुभएको छ । देउवालाई आफूसँग चुनाव लड्न चुनौती दिएका बस्नेतलाई उनकै निर्वाचन क्षेत्रमा पुगेर जवाफ फर्काउँदै देउवाले भक्तपुरका पार्टी सभापति दुर्लभ थापालाई हराएर देखाउन चुनौति दिनुभयो ।

बस्नेतले केही समयअघि भक्तपुरमा शेरबहादुर देउवालाई उठाए आफू चुनाव लड्न तयार रहेको बताएका थिए । भक्तपुरमा काँग्रेस शिला खोज्नुपर्ने अवस्थामा पुगेको भन्दै उनले देउवालाई नै उठाए पनि आफूले सजिलै हराइदिने दावी गरेका थिए । त्यसको जवाफमा देउवाले दुर्लभ थापासँग चुनाव लड्न बस्नेतलाई सुझाव दिनुभएको हो ।

बस्नेतको नाम नलिई प्रधानमन्त्री देउवाले भनुभयो,बस्नेतजीले मलाई होइन,भक्तपुरका पार्टी सभापति दुर्लभ थापालाई चुनाव हराएर देखाउनुस् ।’

टिप्पणीहरू