“भूतले खाजा खाने बेलामा मन्त्री बन्नु छैन’ -केशव स्थापित

“भूतले खाजा खाने बेलामा मन्त्री बन्नु छैन’ -केशव स्थापित

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिमण्डल बिस्तारका क्रममा सम्पर्क राखिएका माननीय केशव स्थापितले अचम्मको जवाफ फर्काएका छन् । मन्त्री बनेर सहयोग गरिदिन आग्रह हुँदा फरासिला स्थापितले फ्याट्ट जवाफ दिए, ‘मलाई भूतले खाजा खाने बेलामा मन्त्री बन्नु छैन । ’

प्रसङ्ग उद्धृत गर्दै स्रोतले भनेको छ, ‘मुख्यमन्त्रीको तर्फबाट धेरै आउँदा पनि स्थापित टसको मस हुनुभएन ।’ बरु उल्टै उहाँले अहिलेको अवस्थामा सरकार विस्तार गर्न खोजेको अवस्थालाई मरेपछि मलामी खोजेको संज्ञा दिनुभएको बताइन्छ ।

यस्तो बेलामा मन्त्रीको अफर मर्ने बेलामा हरियोे काँक्रो भएको पनि स्थापित निकटस्थ स्रोतले बताएको छ । स्थापितबाट प्रसंगवस श्राद्ध गर्ने बेला भएपछि पुरेत खोज्ने चलन काम छैन भनेरसमेत जवाफ दिइएको छ ।

बागमती प्रदेशमा आज बिस्तार गर्न लागिएको नयाँ मन्त्रिमण्डल सम्भवतः यस्तो बन्ने छ- सिन्धुलीका प्रदीप कटुवाल, रामेछापका शान्तिप्रसाद पौडल, काभ्रेका चन्द्र लामा,काठमाडौंका अजयक्रान्ति शाक्य,चितवनका विजय सुवेदी,दोलखाकी रचना खड्का,मकवानपुरकी जुनेलीमाया श्रेष्ठ,भक्तपुरकी सरस्वती बाटी र नुवाकोटका बद्री मैनाली ।

तीमध्ये ५ जना मन्त्री र ४ जना राज्यमन्त्री हुने स्रोतले बताएको छ ।

टिप्पणीहरू