प्रधानमन्त्री देउवा फेरि पुग्नुभयो डल्लुस्थित खनाल निवास

प्रधानमन्त्री देउवा फेरि पुग्नुभयो डल्लुस्थित खनाल निवास

प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । खनाललाई भेट्न प्रधानमन्त्री देउवा आज साँझ डल्लुस्थित खनाल निवास पुग्नुभएको थियो ।

हालै मिर्गौला प्रत्यारोपण गराउनुभएका खनाल अहिले आफ्नै निवासमा स्वास्थ्य लाभ गरिरहनुभएको छ । प्रधानमन्त्री देउवा उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिन जानुभएको बुझिएको छ ।

यसअघि पनि देउवाले डल्लु निवासमै पुगेर खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो । त्यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि खनाललाई भेटेर स्वास्थ्य लाभको कामना गर्नुभएको थियो ।

टिप्पणीहरू