एक दर्जन जिल्लामा सिडियो हेरफेर
गृह मन्त्रालयले झण्डै एक दर्जन जिल्लाका सिडियोहरुको काज सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाँडले आज मन्त्रीस्तरीय निर्णयबाट प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गर्नुभएको हो ।
जसमा ललितपुरका सिडियो ढुण्डीप्रसाद निरौलालाई गृह मन्त्रालयमा तानेर ललितपुरमा घनश्याम उपाध्यायलाई लगिएको छ । भक्तपुरमा गुल्मीकी सिडियो रुद्रादेवी शर्मालाई लगिएको छ । गुल्मीमा मन्त्रालयका पुण्य विक्रम पौडेल सिडियो बनेका छन् ।
गोरखामा शंकरहरि आचार्य, मोरंगमा काशीराज दाहाल, रामेछापमा दिपककुमार पहाडी, संखुवासभामा नुरहरि खतिवडा, दोलखामा टेकराज निरौला, चितवनमा रुपन्देहीका सिडियो आस्मान तामाङ, धादिङमा कृष्णप्रसाद लम्साल, उदयपुरमा वीरेन्द्रकुमार यादव र रुपन्देहीमा ऋषिराम तिवारीलाई प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।
[pdf-embedder url=”https://appharuspace.fra1.digitaloceanspaces.com/appharuspace/janaaastha/uploads/2021/09/15195724/IMG_00023.pdf”]
टिप्पणीहरू