अमेरिका जान खोज्दा आपत्
अमेरिकी विदेश मन्त्रालयले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भीसा प्रक्रिया स्थगित गर्ने भएको छ । आप्रवासी भीसामा गएकाले सरकारी खर्च बढाएको निश्कर्षसङ्गै नेपाललगायत अफगानिस्तान,इरान,रुस, सोमालियासहित ७५ देशका नागरिकमाथि उक्त प्रतिबन्ध लगाएको बताइएको छ ।
विदेश मन्त्रालयले सम्बन्धित देशका कन्सुलर अधिकारीहरूलाई ती देशहरूबाट आउने आप्रवासी भीसा आवेदनहरू जनवरी २१ तारिखदेखि रोक्न निर्देशन दिएको हो । अमेरिकाले गैर आप्रवासीको रुपमा पर्यटन तथा व्यवसायका लागि त्यहाँ जानेहरुका लागि पनि भीसा कडाईको आन्तरिक व्यवस्था गरिसकेको छ ।
विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘ट्रम्प प्रशासनले अमेरिकी जनताको सम्पत्ति दोहन गर्नेहरूद्वारा भइरहेको अमेरिकी अध्यागमन प्रणालीको दुरुपयोग अन्त्य गर्दैछ । यी ७५ देशका आप्रवासी भीसा प्रक्रिया तबसम्म रोकिनेछ जबसम्म विदेश मन्त्रालयले विदेशी नागरिकहरूको प्रवेश रोक्न अध्यागमन प्रक्रियाको पुनः मूल्याङ्कन गर्दैन ।’
टिप्पणीहरू