लुम्बिनीमा लगातार बिदा
माघी पर्वको अवसरमा लुम्बिनी प्रदेश सरकारले भोलि पनि सार्वजनिक बिदा दिएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै शुक्रबार माघे सङ्क्रान्तिको उपलक्ष्यमा बिदा दिएको जानकारी गराएको छ ।
‘प्रदेश राजपत्र मिति २०८१–१२–२१ गतेको सूचनाबमोजिम मिति २०८२–१०–०२ गते शुक्रबारका दिन माघी–माघे सङ्क्रान्तिका अवसरमा लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ ।
थारु समुदायहरुको महान् चाड माघे सङ्क्रान्तिको अवसरमा आज केन्द्र सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । लुम्बिनी प्रदेशमा रहेका तराईका जिल्लाहरूमा थारू समुदायको बाहुल्यता छ ।
विशेषगरी नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दियामा रहेका थारू समुदायले धेरै पहिलेदेखि माघी पर्व पाँच दिनसम्म मनाउँदै आएका छन् ।
टिप्पणीहरू