बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी दिनहुँ समातिँदै

आज पनि प्रहरीले बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई राजधानीबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ९ बोडे बस्ने खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १० घर भएका ३२ वर्षीय हिरालाल श्रेष्ठ हुन् । उनी बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७८ असार २९ गतेको फैसलाले १० दिन कैद र २५ लाख रुपैयाँ जरिवाना ठहरपश्चात् फरार थिए ।
उनलाई प्रहरीको सीआईबी टोलीले ललितपुरबाट पक्रेको हो । हिरालालले आफ्नो खातामा पर्याप्त रकम नहुँदा नहुँदै बैंकको चेक दिएर ठगेका थिए । बैंकिङ् कसूरजन्य अपराध ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको सीआईबीले जनाएको छ ।
टिप्पणीहरू