मधेसमा जल्यो बाबुरामको पुत्ला

मधेसमा जल्यो बाबुरामको पुत्ला

विश्वकर्मा पूजाको बिरोध गरेको भन्दै एउटा समूहले प्रदेश २ को राजधानी जनकपुरमा पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईको पुत्ला जलाएको छ । नेपाल जनता पार्टीको अगुवाइमा हिजो भट्टराईको पुत्ला दहन गरिएको हो ।

नेपाल जनता पार्टी धनुषाका संयोजक दीपेन्द्र झाको नेतृत्वमा निस्किएका प्रदर्शनकारीहरुले पुत्ला दहन गरेका हुन् । सो क्रममा प्रदर्शनकारीहरुले ‘बाबुराम देश छोड्,’ ‘हिन्दू धर्मको बिरोध गर्न पाइँदैन,’ ‘हिन्दू धर्मबिरोधी बाबुराम भट्टराई मूर्दावाद’ जस्ता नाराबाजी समेत गरेका थिए ।

डा. भट्टराईले विश्वकर्मा पूजाका दिन ट्वीट गर्दै जिउँदो विश्वकर्मालाई दलित भनेर हेप्ने तर त्यहि विश्वकर्माको पूजा गर्ने धार्मिक परम्पराको आलोचना गर्नुभएको थियो । त्यसैलाई लिएर जसपाको आधारभूमिमै भट्टराईको पुत्ला जलाइएको हो ।

टिप्पणीहरू