मुस्लिम हो कि मुसलमान ?
मुस्लिम आयोगले मुस्लिम समुदाय धेरै भएका जिल्लामा मुस्लिम गणक राख्न आग्रह गरेको छ । आयोग र केन्द्रीय तथ्याङ्क विभागबीच आज भएको छलफलमा उसले मुस्लिम समुदाय धेरै भएका जिल्लाहरुमा मुस्लिम गणक राख्न आग्रह गरेको हो ।
छलफलपछि मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले अघिल्लो जनगणनामा कतै मुस्लिम र कतै मुसलमान लेखिएको भन्दै यसलाई मुस्लिममा मात्रै सीमित गर्न तथ्याङ्क विभागसँग आग्रह गरिएको बताउनुभयो ।
उहाँले आगामी जनगणनामा मुस्लिम आयोग र तथ्याङ्क आयोगको सहकार्यमा समुदायलाई सचेत गराउन पम्प्लेट बाँड्ने, प्रत्येक जिल्लामा एउटा समिति बनाउने र त्यो समितिसँग विभागको टीमले सहकार्य गरेर घरदैलोमा जाने बताउनुभयो ।
अध्यक्ष अन्सारीले भन्नुभयो, ‘पहिला हामीले वेवसाइटमा मुसलमान र मुस्लिम राखिएको पाएका थियौँ, तर अबको जनगणनामा मुस्लिम मात्रै राख्न तथ्याङ्क विभागलाई आग्रह गरेका छौँ ।’
अघिल्लो जनगणनामा अधिकांश विदेसिएका मुस्लिम युवाहरु छुटेकाले यसपटकको जनगणनामा नछुटाउन पनि आयोगले विभागलाई आग्रह गरेको छ ।
टिप्पणीहरू