कुलमानबिरुध्द न अन्यथा आदेश,न अन्तरिम
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध दायर भएको रिटमा सर्वाेच्चले अन्तरिम आदेश दिन इन्कार गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराले आफ्नै इजलाशको प्राथमिकतामा राखेर सो मुध्दाको सुनुवाई गर्दै प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको मागबमोजिम अन्तरिम आदेश दिन इन्कार गर्नुभएको हो ।
यद्यपि अदालतले सरकारसँग कारण देखाऊ आदेश भने माग गरेको छ । सरकारलाई १५ दिनभित्र हितेन्द्रलाई हटाउनु र कुलमानलाई नियुक्ति गर्नुको कारण पेश गर्न भनिएको छ ।
देउवा नेतृत्वको सरकारले हितेन्द्रदेव शाक्यलाई विद्युत प्राधिकरणबाट हटाएर उनको सेवा तथा सुविधा नघट्ने गरी जल तथा उर्जा आयोगमा लगेको थियो ।
आफूलाई हटाएर प्राधिकरणमा कुलमानलाई नियुक्त गरिएसँगै मुटुको ब्यथाले च्यापेर मेडिसिटीमा भर्ना भएका शाक्यले गत ३२ साउनमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
टिप्पणीहरू