सबै राजदूत फिर्ता,अमेरिकाबाट युवराजदेखि चीनबाट महेन्द्र पाण्डेसम्म तानिए

सबै राजदूत फिर्ता,अमेरिकाबाट युवराजदेखि चीनबाट महेन्द्र पाण्डेसम्म तानिए

सरकारले विदेशस्थित नियोगमा यसअघिको सरकारले राजनीतिक नियुक्ती गरेका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

आज बेलुकाको क्याबिनेट बैठकले उनीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो । निर्णयमा राजदूत बनेका परराष्ट्र मन्त्रालयका सहसचिवहरुलाई भने यथावत राख्ने भनिएको छ ।जसअनुसार अमेरिकाका लागि राजदूत युवराज खतिवडा,चीनका लागि महेन्द्रबहादुर पाण्डे,भारतका लागि नीलाम्बर आचार्य, बेलायतका लागि लोकदर्शन रेग्मी एकैसाथ तानिएका छन् ।

फिर्ता बोलाइएका अन्य राजदूतमा अन्जान शाक्य इजरायल, शर्मिला पराजुली ढकालओमान,नारद भारद्वाज कतार, उदयराज पाण्डे मलेसिया, वंशीधर मिश्र बंगलादेश पनि छन् ।

टिप्पणीहरू