ललितपुरमा कोरोनाविरुद्धको खोप अभियान शुक्रबार र शनिबार
ललितपुर महानगरपालिकाभित्र पुनः कोरोनाविरुद्धको खोप अभियान हुने भएको छ । आगामी शुक्रबार र शनिबार दुई दिन भेरोसिल खोपको दोस्रो मात्रा लगाइने भएको छ ।
महानगरपालिकामा भेरोसिल खोपको पहिलो मात्रा लगाएको २१ दिन पुगेका व्यक्तिलाई दोस्रो मात्रा लगाइने बताइएको छ । खोप लगाउन केन्द्रमा जाने सबैले खोपकार्ड सहित उपस्थित हुनुपर्ने बताइएको छ ।
आगामी दुई दिनको खोप कार्यक्रम सकिएपछि पहिलो मात्रा लगाउन बाँकीलाई पनि छिट्टै लगाइने महानगरपालिकाले जानकारी दिएको छ ।
टिप्पणीहरू