देवी ज्ञवालीमाथि सास्ती नै सास्ती

देवी ज्ञवालीमाथि सास्ती नै सास्ती

भरतपुर महानगरपालिका मेयरको चुनावमा मतपत्र च्यातेर र चपाएर हराइएका र देउवा सरकारद्वारा हटाइएका तत्कालीन भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीको मुद्दाउपर आज सुनुवाई हुँदैछ । सुनुवाईका लागि न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र टंक मोक्तानको ६ नम्बर इजलाशमा पेशी तोकिएको छ ।

ज्ञवाली अध्यक्ष रहेको आयोगले झण्डै सवा अर्ब खर्चेर स्थानीय तहहरुले सुकुम्बासी र अव्यवस्थित बसोबासी पहिचान गरी लालपुर्जा वितरणको तयारी गरिरहेको अवस्थामा देउवा सरकारले गत १९ साउनमा सो आयोग खारेज गरेको थियो । आयोग खारेज गरिएसँगै ज्ञवाली रिट बोकेर अदालत पुगेका थिए ।

सरकारले अहिले सुकुम्बासी समस्या समाधानका लागि राष्ट्रिय भूमि आयोग, ०७८’ गठन गरिसकेको छ । जसको अध्यक्षमा कांग्रेस निकट केशव निरौला र उपाध्यक्षमा माओवादी केन्द्र निकट नहेन्द्र खड्का छन् ।

टिप्पणीहरू