पोखरामा विदेशी राजदूतहरुको ओइरो
आज पोखरामा नेपालस्थित राजदूतहरुको ओइरो लागेको छ । भोलि विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा राजदूतहरुलाई पर्यटन प्रवर्धनको निम्ति पोखरा लगिएको हो ।
नेपाल पर्यटन बोर्डको संयोजनमा नेपालस्थित आवासीय राजदूतहरुमध्ये २६ जना आज पोखरा पुग्नुभएको छ । आज पोखरामा अमेरिकी र भारतीय राजदूत भने हुनुहुन्न । भारतीय राजदूत विनयमोहन क्वात्रा एक महिनादेखि नेपाल बाहिर हुनुहन्छ ।
उहाँहरुमध्ये कोही विमानबाट र कोही सडक मार्ग हुँदै पोखरा पुग्नुभएको हो । आज दिउँसोको लञ्च उहाँहरुलाई होटल बाराहीमा खुवाइएको छ । साँझ सराङकोटमा बास बस्ने कार्यक्रम छ । भोलि बिहानको सूर्योदय र ब्रेकफास्ट सराङकोटमै लिएपछि राजदूतहरुलाई विभिन्न पर्यटकीय गन्तव्यमा घुमाइनेछ ।
फेवा ताल,तालबाराही,शान्ति स्तुपा, डेभिड फल्स,गोर्खा म्युजियमलगायतका स्थानको भ्रमण गराउने कार्यक्रम भोलिलाई राखिएको बताइएको छ ।




टिप्पणीहरू