चरित्रहत्या गर्ने युट्युबेहरु पक्राउ

चरित्रहत्या गर्ने युट्युबेहरु पक्राउ

महिलाको चरित्र हत्या गर्ने भिडियो, अन्तर्वार्ता तथा फोटोसहितको विवरण युट्युब च्यानलमार्फत प्रसारण गरेको अभियोगमा चार जना युट्युब पत्रकारलाई आज प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा दाङको तुलसीपुर उपमहानगरपालिका–१७ मिमुवा घर भइ काठमाडौं गोकर्णेश्वर बस्ने दैनिक खबर युट्युब च्यानलका सञ्चालक २१ वर्षीय प्रदिप भण्डारी, नुवाकोटको सूर्यगढी गाउँपालिका–२, चोकदे घर भई काठमाडौं नेपालटार बस्ने हरेक पलको खबर युट्युब च्यानलका सञ्चालक २७ वर्षीय शिशिर अधिकारी हुन् ।

त्यसैगरी, मोरङ बेलबारी नगरपालिका–९, घर भई काठमाडौं पेप्सिकोला बस्ने साराचुली मिडिया युट्युब च्यानलका सञ्चालक ३५ वर्षीया पिङ्कला कार्की र काठमाडौं गोकर्णेश्वर बस्ने मोडर्न अनलाइन टिभि युट्युब च्यानलका सञ्चालक २४ वर्षीय रोधन तमाङ पनि पक्राउ परेका छन् ।

उनीहरुलाई महिलाको चरित्र हत्या हुने र उनीहरुको इज्जत प्रतिष्ठामा आँच पुर्याउने तथा समाजमा घृणा र द्वेष फैलाउने सामग्रीहरुको प्रसारण गरेकाले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कसुर गरेको आरोपमा पक्राउ गरी मुद्दा दायर गरिएको बताइएको छ ।

उनीहरुलाई जिल्ला अदालत काठमाडौंबाट म्याद गरेर थप अनुसन्धान भइरहेको समेत प्रहरीको साइबर ब्युरो भोटाहिटीले जनाएको छ ।

टिप्पणीहरू