उहाँलाई राष्ट्रपति बनाउने चर्चा थियो
- दुर्गा पौडेल, प्रतिनिधिसभा सदस्य, राष्ट्रिय जनमोर्चा
नेकपा (मसाल) को खुला मोर्चा राष्ट्रिय जनमोर्चाकी केन्द्रीय उपाध्यक्ष र पार्टी प्रवक्ता पनि हुन् दुर्गा पौडेल । तर, मसालका महामन्त्री मोहनविक्रम सिंहकी पत्नीको नामले बढी चिनिन्छिन् । यसचोटि एकमात्र निर्वाचन क्षेत्र कायम भएको प्यूठानबाट वामगठबन्धनको उम्मदवार थिइन् । नेपाली कांग्रेसका डा.गोविन्द पोखरेललाई १६ हजारको मतान्तरसाथ पराजित गरिन् । एमाल र माओवादी केन्द्रको स्थानीय नतृत्वसमेत उनको पक्षमा निक्कै जोडसँग लाग्यो । त्यसो त प्यूठान आफैँमा जनमोर्चाको आधारभूमि मानिन्छ । तर, चुनाव जित्ने पर्याप्त मत भन थिएन । यसरी वाम गठबन्धनका उम्मेदवार भएर जिताएकोमा एमाले र माओवादीप्रति अनुग्रहित छन् । बुढ्यौली उमरका मोहनविक्रम सिंहसँग विवाह गरेपछि राजनीतिक बृत्तमा बढी चर्चामा आइन् । भारतमा जन्मिएकी र कपिलवस्तुकी बासिन्दा हुन् उनी ।
० चुनावी अनुभव कस्तो रह्यो ?
– महिलाको हकमा धेरै कठिन । त्यसमा पनि प्रत्यक्ष निर्वाचन हामीजस्ता मध्यवर्गीय परिवारको सदस्यलाई एकदमै गाह्रो, खर्चिलो । पुरुषप्रधान पिछडिएको मानसिकता, महिलालाई हेर्ने दृष्टिकोण नै फरक । साँघुरो सोच र हेर्ने दृष्टिकोणलाई चिर्नका लागि थप उर्जासहित लड्नु पर्दाेरहेछ । अहिले पनि महिलाले केही गर्न सक्दैनन् भनेर बुझेका पुरुष उम्मेदवारले हल्ला फिँजाउँदा रहेछन् । कतिपय मिडियालाई पैसाले किन्नुपर्ने, २१ औँ शताब्दीमा पनि विवेकले मतदान गर्न नपाउने, मत किन्ने परिपाटी देखियो । प्यूठान जिल्ला शुरुदेखि नै वामपन्थीलाई रुचाउने, स्थानीय तहको निर्वाचनमा नौमध्ये आठ गाविसमा बहुमतसहित वामपन्थीहरूले जितेको ठाउँ । हामीलाई हराउन धेरै ठूलो चलखेल थियो । तीनवटा वामपन्थी पार्टीका साथीहरू एक भएर हिँडेका थियौँ । हामीबीचमै फुट ल्याउने षड्यन्त्र दिनैपिच्छे र एक–एक छिनमा हुन्थे । तर, हामी कोही विचलित भएनौँ । राज्यसत्ताको चरम दुरुपयोग गरेर जनतामा भ्रम सिर्जना गर्ने, कम्युनिष्टहरूका विरुद्ध अन्त्यन्तै निच ढंगले अभिव्यक्ति दिने काम भए ।
० डा.गाविन्द पोखरेल, जो छँदाखाँदाको सरकारी जागिर छो डे र तपाइसँग प्रतिष्पर्धा गर्दै हुनुहुन्थ्यो । त्यो समयमा कत्तिको डर लागेको थियो ?
– धेरैले यही प्रश्न सोधे । डरभन्दा पनि प्रतिष्पर्धी त्यही प्रकारको भयो भने मैदानमा लड्नुको मज्जा बेग्लै हुने । अहिलेको भड्किलो र खर्चिलो परिस्थितिअनुसार हेर्दा उहाँहरूको खर्च गर्ने स्तर, हैसियतसँग हाम्रो तुलना हुनै सक्ने थिएन । वास्तवमा पैसाले नै चुनावमा जित–हार हुन्छ भन्ने हो भने प्यूठानी जनताले त्यो मानसिकतालाई यसपटक तोडेका छन् । एउटा धनी, उपल्लोस्तरको जीवनशैली भएको उम्मेदवारसँग चुनाव लड्ने म गरिवकी छोरीलाई नै उहाँहरूले चुन्नुभएको छ । किनभने, जनताले ब्याकग्राउण्ड हेर्दा रहेछन् । चुनाव जितिसकेपछि अर्कै रिजल्ट आयो पनि भने । प्रचारको आधारमा मत खस्दो रहेनछ भन्ने कुराको ज्वलन्त उदाहरण म आफैं हुँ । नोमिनेशन गरेकै दिन डा.गोविन्द पोखरेल ‘मेरो जित त पक्का छ म्याडम’ भनेर हात मिलाउन आउनुभएको थियो । मैले भनेँ, ‘म जनताको विवेकमा विश्वास गर्छु । हामीले आर्जन गरेको सम्पत्ति भनेको पनि जनताको विवेक र विश्वास हो ।’ अन्ततः जनताको विवेककै जित भएको छ ।
० तपाईंहरूका पार्टी संघीयताविरोधी । प्रतिनिधि सभा र प्रदेशसभाका चुनावमा भाग लिनुभयो । के ही ठाउँमा जित्नुभयो पनि । संघीयतामा सहमत हुनुभएको हो ?
– संविधान निर्माण गर्दाखेरि नै ६ दशक लामो संघर्ष लडेर ल्याएको गणतन्त्र धरापमा पर्नुहुँदैन भनेर संघीयताप्रति विमती राखेका हौँ । यो लडाइँलाई नियमित अगाडि बढाउँछौँ । विमतीका बाबजुद पनि संविधानलाई समर्थन गरेर जानुपर्छ र गणतन्त्रलाई संस्थागत गर्नुपर्छ भन्ने हाम्रो स्पष्ट विचार छ । संघीयतासम्बन्धी हरेक च्याप्टरमा संशोधन राख्दै संविधानलाई समर्थन ग¥र्यौं । संघीयताले यो देशलाई टुक्राएर लैजान्छ । जनताले चाहेको @Xर हो । ‘मलाई राज्य टुक्राएर दे’ भनेर जनताले कहिल्यै माग गरेनन् । प्रजातान्त्रिक विकेन्द्रिकरणमा आधारित एकात्मक शासन व्यवस्था हुनुपर्दछ भन्यौँ । स्थानीय तहलाई बढी मजबुत बनाउनुपर्छ भन्यौँ । संघीयता ल्याउनेहरूले नै स्थानीय तहका प्रमुख, उपप्रमुखहरूले अपर हाउसमा मतदान गर्न पाउने अधिकार कटौती गर्न खोजेका थिए । त्यसको विरोध ग¥यौँ । एक सय २७ भन्दा बढी जातजाति, भाषाभाषी भएको देशलाई टुक्र्याउने, संघीयताको नाम लिनेबित्तिकै वैमनस्यता पैदा भइसकेको अवस्थालाई हेर्दा यो एक प्रकारको ‘स्लो पोइजन’ नै हो । यो विषवृक्षलाई राख्न हुँदैन । यसले सिध्याउँछ । या त हामीले यसलाई सिध्याउनुपर्छ, या यसले देशलाई नै सिध्याइदिन्छ । हिजो हाम्रो जुन स्पष्ट धारणा थियो, त्यो अहिले पनि छ ।
संघीयताको विरोध गर्दै जाँदा हाम्रै अध्यक्ष सरकारमा पनि जानुभयो । तर, पहाड र तराईलाई अलग बनाउने विषय आउँदा विमति राख्नुभयो । विपक्षमा हस्ताक्षर गर्नुभयो । आफ्नो विचारको पक्षमा हामी स्पष्ट छौँ, अडान छ, त्यही प्रकारले जान्छौँ । जहाँसम्म विकास र समृद्धिको पाटो छ, त्यसमा हाम्रो केही विमती रहँदैन ।
० वाम गठबन्धनबाट जित्नुभयो । अहिले एमाले र माओ वादी एकीकरणको तयारीमा छन् । तपाईंहरू के गर्नुहुन्छ ?
– देशमा मजबुत वाम पार्टीको आवश्यकता छ । जनताले खाँचो महसुस गरेकै कारण वाम शक्तिलाई त्यहीअनुसार मत दिए । पार्टी एकीकरणका लागि सिद्धान्त, विचार एउटै प्रकारको छ । नीतिमा फेरबदल छैन भने त्यहाँ एकता भइहाल्छ । तर, जहाँ आफ्ना विचारहरू सैद्धान्तिक रुपमा, नीतिगत प्रश्नमा कतिपय फरक छ भने सम्भावना नै छैन भन्न मिल्दैन । निर्वाचन पछाडि यी बिषयमा छलफल गर्ने भनिएको हो । हामी कति टाढा, कति नजिक छौँ, छलफल गरौँ । दूरी राखेर पार्टी एकता गर्दा दिगो हुँदैन । हामीसँग विगतको त्यो अनुभव छ । त्यसका लागि वैचारिक मतभेदलाई चिरेर, पार गरेर कति दूरी घट्यो र कति दूरी बाँकी रह्यो, त्यसको वैचारिक आधारले तय गर्दछ । कति समयभित्र हुन्छ ? अहिले नै भन्न सकिँदैन ।
० एमाले र माओ वादीबीचको एकता कत्तिको दिगो हुने देख्नुहुन्छ ?
– यी पार्टीबीच नीतिगत प्रश्न नभएका हुँदा एकता सम्भव छ, हुन्छ । त्यो आवश्यकता पनि हो । त्यसलाई हामीले स्वागत गरिरहेका छौँ । पार्टीका मूल लिडरहरूले भनेअनुसार पार्टी एकता हुने सम्भावना नै बढी देखिन्छ ।
० तपाईंको आफ्नै राजनीतिक परिचय छ । तर, मो हनविक्रमकी पत्नीको रुपमा बढी चर्चा हुन्छ । यस्ता हुँदा कस्ता े लाग्छ े ?
– मोहनविक्रमकी पत्नीको रुपमा मात्र प्रचार हुँदा म दुःखी हुनुभन्दा पनि नेपाली समाजमा महिलालाई हेर्ने दृष्टिकोणमा धेरै ठूलो कञ्जुस्याईं र पिछडिएको मानसिकताको रुपमा हेरेँ । आफ्नै पहिचानलाई माइनस गरेर यसरी प्रस्तुति गरियो, जो राम्रो हुँदै होइन । महिलालाई काम गर्न धेरै गाह्रो छ भन्ने यही कुराले पनि पुष्टि गर्छ । नेतृत्व तहमा रहेका महिलालाई त यस्तो अवस्था छ भने सामान्य महिलाको अवस्था कस्तो होला ?
० यहाँ लामा समयदेखि मोहनविक्रमको सहयात्री हुनुहुन्छ । बताइदिनुस् न, उहाँको स्वास्थ्यस्थिति, सक्रियता कस्तो छ ?
– राम्रो छ । सकारात्मक चिन्तनका व्यक्ति भएको कारण स्वास्थ्यले पनि साथ दिएको छ । ८३ वर्षको हुनुभयो । बिहान ३ बजे उठ्नुहुन्छ । नित्यकर्म सकाएपछि बिहानको समय लेखाई, पढाइमै जान्छ । अरुलाई बिहानको समयमा भेटघाट दिनुहुँदैन । व्यस्तताको बाबजुद पनि योगमा जुट्नुहुन्छ । आफ्नो खानपान र स्वास्थ्यको एकदमै ख्याल राख्नुहुन्छ । खान हुँदैन भनेको चिज मन परे पनि खानुहुन्न ।
० एकसमय उहाँलाई राष्ट्रपति बनाउने चर्चा पनि थियो । तर, उहाँ राजनीतिक मूलधारमा आउन चाहनुभएन । यसको कारण के हो ?
– राष्ट्रपति बनाउने चर्चा सरकारको थियो । ती पोष्टहरूप्रति उहाँको लगाव देखिएन । मूलतः पार्टीभित्रको डिसिजन महŒवपूर्ण हुन्छ । उहाँको हकमा पार्टीभित्र कहिँ–कतैबाट प्रस्ताव आएजस्तो लाग्दैन । केपीजीसँग माओवादीका साथीहरूले प्रस्ताव लगे भन्ने पनि लाग्छ । यद्यपि बाहिर कुरा मात्र चलेको हो । पार्टीमा यो कुरा कहिँ–कतैबाट आएन ।
० चुनाव लड्दै गर्दा तपाईं प्यूठानी हाइन भन्न े हल्ला चल्यो । यी र यस्ता हल्लाले चुनाव लड्नलाई कति अप्ठ्यारा भयो ?
– खासै अप्ठ्यारो परेन । प्यूठान, चुँदामा मेरो माइती । त्यहाँबाट बाबाहरू कपिलवस्तु झर्नुभयो । ओखरबोटमा अहिले पनि घर छ । एक प्रकारको भ्रम फैलाउने गरी तलसम्म झरेर प्रचार पनि भएको हो । त्यो भ्रम केही समय मात्र टिक्यो । त्यसलाई चिरियो ।
टिप्पणीहरू