आज चीनको राष्ट्रिय दिवस, राजधानी बेइजिङ दुलहीझैँ सिँगारियो
आज छिमेकी मित्रराष्ट्र जनगणतन्त्र चीन स्थापनाको ७२ वर्ष पूरा भएको छ । त्यसैले आज चीनभर राष्ट्रिय दिवस मनाईंदैछ । सन् १९४९ अक्टोबर १ का दिन चीनमा जनगणतन्त्र स्थापनाको घोषणा गरिएको थियो ।
७२ औं वार्षिकोत्सव तथा राष्ट्रिय दिवसको अवसर पारेर राजधानी बेइजिङलगायत अधिकांश शहर तथा नगरलाई दुलहीझैँ सिँगारिएको छ । शहरका अधिकांश सडक र चोकमा रंगिचंगी फूल र राष्ट्रिय झण्डा राखिएको छ ।
बिहानै राजधानीको थियानमन स्क्वायरमा विशेष कार्यक्रमबीच झण्डोत्तोलन गरिएको छ । चीनमा राष्ट्रिय दिवसको अवसरमा तीन दिनसम्म सार्वजनिक बिदा दिइन्छ ।
फोटो स्रोत:सिन्ह्वा
टिप्पणीहरू