सार्बजनिक सवारी साधनद्वारा सडक अवरुद्ध

सार्बजनिक सवारी साधनद्वारा सडक अवरुद्ध

सार्वजनिक सवारी साधनहरूले आफूखुशी गरेको भाडाबृध्दिमा सरकारी हस्तक्षेप भएपछि यातायात व्यवसायीहरूले विरोध जनाउन गाडी ठाँउको ठाउँ रोकेका छन् ।

व्यवसायीहरूले आज बिहान करिब आठ बजेदेखि काठमाडौ उपत्यकामा चल्ने भाडाका गाडी बिरोध कार्यक्रम अन्तर्गत रोकेका हुन् ।

सडक अवरुद्ध नहुने गरी बल्खुमा करिब पन्ध्र बस,कलँकीस्थित युनिभर्सल डेन्टलदेखि सीतापाइला चोकसम्म करिब ९० बस तथा माइक्रो र स्वयम्भूस्थित कारखाना चोकदेखि बुद्ध पार्कसम्म करिब सवा सय वटा साना ठूला सवारीहरु रोकेको ट्राफिक प्रहरीले जनाएको छ ।

टिप्पणीहरू