दूरसञ्चारमा कार्टेलिङ्ग र जनताका दु:ख

दूरसञ्चारमा कार्टेलिङ्ग र जनताका दु:ख

दूरसञ्चार सेवालाई सस्तो र सबैको पहुँचमा पुर्याउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । आज काठमाडौंमा आयोजित ‘दूरसञ्चार क्षेत्रलाई थप प्रतिस्पर्धात्मक बनाउन के गर्ने ?’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाले दूरसञ्चार सेवालाई सबैको पहुँच हुनेगरी सस्तो र सेवालाई चुस्त दुरुस्त बताएका हुन् ।

कार्यक्रममा उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले नेपालको दूरसञ्चार सेवा प्रभावकारी हुन नसकेको बताउनुभयो । टेलिफोन र इन्टरनेटमा बारम्बार समस्या परेकाले उपभोक्ता मारमा परेको भन्दै उहाँले यसतर्फ सम्बन्धित निकाय गम्भिर हुनुपर्ने भएपनि बारम्बार सेवा अवरुद्ध हुँदासमेत सम्बन्धित निकायले समस्या समाधानमा ध्यान नदिने गरेको गुनासो गर्नुभयो ।

त्यस्तै, नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले टेलिकमले आफ्ना सेवाहरुलाई क्रमशः अपग्रेड गरिरहेको बताउनुभयो । हाल टेलिकमले अप्टिकल फाइबरमार्फत् सुविधा दिइरहेको उल्लेख गर्दै उहाँले प्रविधि बाहिरबाट ल्याउनुपर्ने तथा सामग्री खरिदका लागि आफूहरुले गर्नुपर्ने प्रक्रिया लामो हुँदा भनेकै बेलामा खरिद गर्न नसकेका कारण प्रतिस्पर्धा गर्न गाह्रो परेको उल्लेख गर्नुभयो ।

नेपाली काँग्रेसका नेता तथा सांसद भीमसेनदास प्रधानले सरकार अस्थिर रहने र एउटा मन्त्रीले बनाइसकेको नीति अर्को मन्त्रीले अपनत्व ग्रहण नगर्ने परिपाटीले गर्दा राम्रो नीति बन्न नसकेको धारणा राख्नुभयो । उहाँले विभिन्न कम्पनीले कार्टेलिङ गर्दा उपभोक्ताहरु मारमा परेको भन्दै सरकार कार्टेलिङको सहयोगी हुनु नहुनेमा जोड दिनुभयो ।

टिप्पणीहरू