कुमार मारिएकोमा बल्ल मुद्दा दायर

कुमार मारिएकोमा बल्ल मुद्दा दायर

दोहोरो इन्काउण्टरका नाममा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कुमार पौडेलको गैह्रन्यायिक हत्याविरुध्द दुई वर्षपछि मुध्दा दर्ता भएको छ । सर्वोच्च अदालतको आदेशपछि हिजो जिल्ला प्रहरी कार्यालय सर्लाहीमा मुद्दा दायर भएको हो ।

सर्वोच्च अदालतको आदेशबमोजिम जिल्ला न्यायाधिवक्ताको रोहवरमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । मुद्दा दर्ता भएलगत्तै कुमारका भाइ हरिकृष्ण पौडेलले लामो पर्खाइपछि न्यायको बाटो खुलेको प्रतिक्रिया दिएका छन् ।

सत्य झुक्दैन,कुकर्म छिप्दैन भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अब न्यायको बाटो खुल्यो,कुकर्म गर्ने भ्रष्टाचारीको कालो धन हो । त्योबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग अनि सम्पत्ति शुध्दिकरण आयोगमा पनि प्रमाण सहित दिएको छ,तुरुन्त छानबिन होस् ।’

हरिकृष्णले न्यायको लडाइँमा साथ दिने सबैलाई धन्यवाद र यस्तै सहयोगको अपेक्षा राखेको पनि बताएका छन् ।

टिप्पणीहरू