काठमाण्डौका ६ ठाउँबाट भोलिदेखि भेरोसेलको पहिलो डोज
काठमाडौँ महानगरपालिकाले भोलिदेखि उपत्यकाका विभिन्न ६ स्थानबाट कोरोनाविरुद्धको खोप दिने भएको छ। महानगरले ३२ वटै वडाका खोप केन्द्रबाट खोप कार्यक्रम सन्चालन गर्न लागेको हो ।
महानगरपालिकाले आज एक सूचना जारी गर्दै १८ वर्षमाथिका सबै नागरिकलाई चिनियाँ भेरोसेल खोपको पहिलो मात्रा दिन लागेको जनाएको छ । वडाका खोप केन्द्रसहित नेपाल प्रहरी अस्पताल, वीर अस्पताल,निजामती कर्मचारी अस्पताल,परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल र वीरेन्द्र सैनिक अस्पतालबाट खोप दिइने छ ।
बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म आफ्नो परिचयपत्र लिई नजिकैको केन्द्रमा गएर खोप लगाउन महानगरपालिकाले आग्रह गरेको छ ।
टिप्पणीहरू