भारतीय विदेशमन्त्रीले आज नेपाली काङ्ग्रेसको टोली भेट्ने
भारतीय जनता पार्टीको निमन्त्रणामा दिल्ली पुगेका कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको टोलीलाई आज बिदेशमन्त्री एस.जयशंकरले भेट्ने कार्यक्रम तय भएको छ ।
टोली उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट्न भोलि लखनउ जाने या दिल्लीमै भेट्ने मध्ये यकिन भैसकेको छैन ।
नेपाली काङ्ग्रेसको प्रतिनिधि मण्डललाई हिजो दिल्ली विमानस्थलमा भारतीय जनता पार्टीको विदेश विभाग इन्चार्ज विजय चौथाइवालेले स्वागत गरेका थिए ।
टोलीमा ललितपुरका युवा नेता उदयसमशेर राणा र अजय चौरसिया पनि सँलग्न छन् । दिल्ली टेक्नासाथ बीजेपी अध्यक्ष जगतप्रसाद नाड्डा र नेता डा. अश्विन जोहरले संयुक्त भेटवार्ता गरेका थिए ।
अघिल्लो महिना नेपाल आएका चौथाइवालेले प्रधानमन्त्री पत्नीको हातबाट रक्षा बन्धनको डोरो लगाएका थिए ।
टिप्पणीहरू