खुमल्टारमा चिनियाँ राजदूत

खुमल्टारमा चिनियाँ राजदूत

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ ।

प्रचण्डलाई भेट्न बिहान ९ बजे खुमलटार पुगेकी राजदूत यान्छीले झण्डै डेढ घण्टा कुराकानी गरेको बताइएको छ । यान्छी १०:२५ बजे त्यहाँबाट निस्किएकी थिइन् ।

भेटवार्ताबारे थप खुलाइएको छैन । राजदूतले यसवीच मुख्यसचिव,सेनापति,कानून मन्त्रीलगायतसङ्ग भेटिसकेकी छन् ।

टिप्पणीहरू