बीउ नै छैन,कसरी बढ्छ उत्पादन ?

बीउ नै छैन,कसरी बढ्छ उत्पादन ?

रुकुम पश्चिम मुसिकोट नगरपालिका–४ चापास्थित तरकारी बीउ केन्द्रमा यो वर्ष बीउ उत्पादन घटेको छ। आर्थिक वर्ष २०७६/०७७ मा मूल बीउतर्फ १ हजार १ सय २४ किलो बीउ उत्पादन भएकोमा आर्थिक वर्ष २०७७/०७८ मा ८ सय ८० किलो मात्रै बीउ उत्पादन भएको छ ।

अन्नततर्फ पनि अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षको उत्पादन घटेको हो। गत वर्ष ७ सय ३८ किलो उन्नत बीउ भएकोमा गत वर्ष ५ सय ३० किलो मात्रै उन्नत बीउ उत्पादन भएको छ।

पानी नपुगेका कारण बीउ उत्पादन घट्दै गएको केन्द्र प्रमुख किशोरमान श्रेष्ठले बताउनुभयो। केन्द्र र आसपासका किसानले आलोपालो गरिएको सिँचाइका कारण सबै भूभागमा सिञ्चित हुन नसकेको बताउनुभयो।

समशीतोष्ण तरकारी बीउ उत्पादन केन्द्रलाई सरकारले यो वर्षदेखि तरकारी बीउ उत्पादन केन्द्रमा रूपान्तरण गरेको छ। गह्रा सुधार,नहर सुधार र अरु हेर्दा स साना देखिने तर महत्त्वपूर्ण मानिने काममा बजेट नहुँदा बीउ उत्पादन बढाउन नसकिएको श्रेष्ठले बताउनुभयो।

केन्द्रमा मुला,प्याज, रायो, सिमी, काउली, केराउ, सलगम, काँक्रो, गाजरलगायतका तरकारीको मूल र उन्नत बीउ उत्पादन हुन्छ।

टिप्पणीहरू