गलैँचा कारखानामा कौडाको खाल, पौने २ लाखसहित ११ जना पक्राउ
दशैं नजिकिँदै जाँदा राजधानीमा समेत जताततै जुवा र तास खेल्नेहरु देखिएका छन् । यहि क्रममा गोकर्णेश्वर नगरपालिका–७, दक्षिणढोकास्थित एउटा गलैँचा कारखानामा खेलिएको कौडाको खालबाट ११ जना जुवाडे समातिएका छन् ।
बारा घर भएका ४३ वर्षीय मनबहादुर तामाङको गलैँचा कारखानामा कौडा खेलिरहेको अवस्थामा तामाङलगायत ११ जना पक्राउ परेका हुन् ।
सो क्रममा प्रहरीले १ लाख ७२ हजार ६ सय ५ रुपैयाँ र १५ थान कौडा बरामद गरेको बताइएको छ ।
टिप्पणीहरू