अब Diplomacy कि Xiplomacy ?

अब Diplomacy कि Xiplomacy ?

विश्व कूटनीतिमा अंग्रेजी भाषामा डिप्लोमेसी भनिन्छ । यो सयौं वर्षदेखि प्रचलनमा रहिआएको छ । तर,दुई वर्षदेखि अर्थात कोरोना महामारीपछि डिप्लोमेसीसँगै नयाँ शब्द पनि प्रचलनमा आएको छ । चीनले प्रयोगमा ल्याएको डिप्लोमेसीको व्युत्पन्न शब्द सिप्लोमेसी हो ।

चिनियाँ राष्ट्राध्यक्ष सि जिनपिङका कूटनैतिक धारणालाई अहिले चीनले सिप्लोमेसी नामाकरण गरेको छ । यो शब्दलाई अक्सफोर्ड विश्वविद्यालयको प्रेसले समेत चिनियाँ राष्ट्राध्यक्ष सिको नेतृत्वमा तयार पारिएको चिनियाँ विदेश नीति भनेर परिभाषित गरेको छ ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले भने विकास,सभ्यता र प्रकृतिको सम्मिश्रणमा मानव जातिको जीवनबारे राष्ट्राध्यक्षले व्यक्त गर्नुभएको वैदेशिक सम्बन्धलाई सिप्लोमेसी भन्न थालिएको उल्लेख गरेको छ । चीनले हालैका केही वर्षदेखि हरित अर्थव्यवस्था र समान जैविक विविधतासहितको शासनमा जोड दिँदै आएको छ ।

यससम्बन्धमा स्पष्ट पार्दै सिन्ह्वाले प्रेषित गरेको एउटा भिडियोमा चार वटा ऋतुसँग जोडेर मानव जीवनलाई चित्रित गरिएको छ । राष्ट्राध्यक्ष सिको मुख्य चाहना समेत विश्वमा त्यहिअनुसारको विकास,सभ्यता र अर्थव्यवस्था कायम रहोस् भन्ने रहेको उल्लेख छ ।

टिप्पणीहरू