किन गए पर्यटनमन्त्री प्रचण्डलाई भेट्न बिहानै खुमलटार ?

किन गए पर्यटनमन्त्री प्रचण्डलाई भेट्न बिहानै खुमलटार ?

नवनियुक्त संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आज बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ । मन्त्री आले दाहाललाई भेट्न खुमलटार पुग्नुभएको हो ।

खुमलटारस्थित प्रचण्ड निवासमा उहाँहरुबीच बिहान पौने ९ बजेदेखि झण्डै २० मीनेट कुराकानी भएको प्रेस संयोजक बिष्णु साप्कोटा जुगलले बताए । मन्त्री आले र अध्यक्ष दाहालबीच भएको भेटवार्ताबारे विस्तृत विवरण बाहिर आएको छैन ।

टिप्पणीहरू