बुटवलमा अनिश्चितकालीन कफ्र्यु
रुपन्देहीको बुटवलमा आज अपरान्हदेखि कफ्र्यु लगाइएको छ । स्थानीय मोतिपुर औद्योगिक क्षेत्रको सार्वजनिक जग्गा हडप्न खोज्नेहरुसँग प्रहरीको दोहोरो भिडन्तपछि रुपन्देही जिल्ला प्रशासनले कफ्र्युको घोषणा गरेको हो ।
कफ्र्यु तिनाउ नदी, पश्चिममा हरिहरपुर, उत्तरमा शिवनगर रानीगञ्ज बस्ती र दक्षिणमा बुटवल १८ स्थित औद्योगिक कोरिडोरसम्म लगाइएको स्थानीय प्रशासनले जारी गरेको आदेशमा उल्लेख छ ।
कफ्र्यु अर्को आदेश नभएसम्मको लागि तोकिएको छ ।
टिप्पणीहरू