गाडी चलाउने लाइसेन्स अब पाइन्छ कहिले ?

गाडी चलाउने लाइसेन्स अब पाइन्छ कहिले ?

यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमतिपत्र लिनेहरूका लागि लिखित तथा ट्रायल (प्रयोगात्मक) परीक्षाको तालिका सार्वजनिक गरेको छ ।

कार्यालयले यहि असोज १७ देखि २० गतेसम्म बायोमेट्रिक गरी राजश्व बुझाएका निवेदकहरुको नयाँ दर्ताको लिखित तथा वर्ग थप को ट्रायल परीक्षाको तालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार नयाँ दर्ताको लिखित परीक्षा कात्तिक ९ गते हुनेछ ।यस्तै लिखित परीक्षा दिनेहरूको ट्रायल परीक्षाबारेको सूचना भने परीक्षाको समयमा नै जानकारी गराइने कार्यालयले जनाएको छ । कार्यालयले वर्ग थपको ट्रायल परीक्षा बस,ट्रक,लरीको कात्तिक ८ गते,कार,जीप,डेलिभरी भ्यानको कात्तिक ९ गते तथा मोटरसाइकल, स्कुटर,मोपेड र मिनीबस, मिनीट्रकको कात्तिक १२ गते हुने जनाएको छ ।

टिप्पणीहरू