तनाव नदिऊँ,चिन्ता नलिऊँ-ज्यान जान सक्छ

तनाव नदिऊँ,चिन्ता नलिऊँ-ज्यान जान सक्छ

नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदीले असोज २१ गते चाबहिल बुलबुलेस्थित निर्माणाधीन घरबाट हाम्फालेर आत्महत्या गरे । उनी भ्रष्टाचारसम्बन्धी कसुरमा केही समय जेल बसेका थिए ।

चतुर्वेदीले केही समयदेखि डिप्रेसनको औषधी सेवन गरेको प्रहरी अनुसन्धानबाट समेत देखिएको छ । ७४ वर्षीय चतुर्वेदी बिहान ७ बजे मर्निङ्वाक जाने भन्दै निर्माणाधीन भवनको चौथो तलाबाट हाम्फालेका हुन् ।

पछिल्लो दिन मानसिक रुपमा विक्षिप्त हुनेहरुमध्ये चतुर्वेदी एक प्रतिनिधि पात्र मात्र हुुन् । यस्ता घटना विकराल बन्दै गइरहेका छन् । सरकारको पछिल्लो एउटा सर्वेक्षणले नेपालमा कूल जनसंख्याको ४ प्रतिशत मानिस मानसिक समस्याबाट पीडित रहेको तथ्य उजागर भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै गरेको राष्ट्रिय स्वास्थ्य सर्वेक्षणको पछिल्लो रिपोर्टले कूल जनसंख्या दुई करोड ९० लाखमध्ये ४ प्रतिशत अर्थात १० लाखभन्दा बढी मानसिक रोगी रहेको देखाएको हो । उक्त रिपोर्टमा १३ देखि १७ वर्षसम्मका ५ दशमलव २ प्रतिशत किशोर किशोरीहरूलाई मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिएको उल्लेख छ ।

“दुई करोड ९० लाखमध्ये ४ प्रतिशत अर्थात १० लाखभन्दा बढी मानसिक रोगी रहेको देखाएको हो । उक्त रिपोर्टमा १३ देखि १७ वर्षसम्मका ५ दशमलव २ प्रतिशत किशोर किशोरीहरूलाई मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिएको उल्लेख छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बढ्दो मानसिक स्वास्थ्यलाई मध्यनजर गर्दै अहिले १३ वटा सरकारी अस्पतालमा १० शैयाका दरले एक सय ३० शैया अन्तरङ्ग मानसिक स्वास्थ्य सेवा बिस्तार गरिएको छ ।

यता नेपाल प्रहरीको तथ्याङ्कले पनि गत आर्थिक वर्षमा मानसिक समस्याका कारण हरेक दिन औसतमा २० जनाले आत्महत्या गरेको तथ्य उजागर गरेको छ । गत आर्थिक वर्ष सात हजार एक सय १७ वटा आत्महत्याका घटना प्रहरीमा दर्ता भएका छन् । उक्त तथ्याङ्क अघिल्लो वर्षको तुलनामा १३ दशमलव ७ प्रतिशतले बढी हो ।

कोरोना महामारीपछि मानसिक स्वास्थ्य समस्या भएका बिरामीको अवस्था झन् जटिल बन्दै गएको छ । खासगरी कोभिडको महामारीपछि लामो समय घरभित्रै सीमित हुनुपरेको कारण मनमा अनावश्यक कुरा खेल्ने,रोजगार र व्यवसाय गुमाएको कारण चिन्ता लाग्ने,निद्रा नलाग्ने,युवायुवतीमा नैराश्यता,आर्थिक अभाव,घरेलु हिंसा,कुलतजस्ता कारण मानसिक रोग बढेको हो ।

मानसिक स्वास्थ्य सेवामा पहुँचको अभाव,समुदायमा व्याप्त भ्रम, अन्धविश्वासका कारण पनि समयमा नै उपचार पाउनबाट वञ्चित भएको स्वास्थ्य मन्त्रालयको अध्ययन निश्कर्ष छ । चतुर्वेदी पनि यी लगायतका समस्याबाट ग्रसित रहेको कारण घरबाट हामफालेको प्रारम्भिक निश्कर्ष निकालिएको छ ।

टिप्पणीहरू