आखिर बनाएरै छाडयो पर्शुराम बस्नेतलाई प्रदेश १ को खेलकुद समितिको सदस्य सचिव
-पुजा लम्साल
विराटनगर, दुरगामी महत्वका कुनै पनि निर्णय नगर्न विपक्षी दलहरुले ग रेको आग्रहलाई बेवास्ता गर्दै धमाधम एकपछि अर्को महत्वपुर्ण निर्णय गरिहेको मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारले विवादित छवि भएका पर्शुराम बस्नेतलाई प्रदेश खेलकुद विकास समितिको सदस्य सचिवमा नियुक्त्त गरेको छ ।
आफनो समाचार लेख्ने पत्रकारमाथि सांघातिक आक्रमण गराएको र नाइके बनेर गुण्डागर्दी गराएको अनि अकुत सम्पत्ती कमाएको आरोपमा मुद्दा खेपेर सफाइ पाएका विवादित छवि भएका पर्शुरामलाई जाँदाजादै अल्मतमा परेको आचार्य नेतृत्वको सरकारले असोज २४ गते बसेको मन्त्रीपरिषद बैठकबाट सदस्य सचिवमा नियुक्त्त गरेको हो ।
आचार्यले समितिको उपाध्यक्षमा पाँचथरका बाबा मेयाङ्वा र सदस्यमा सुनसरीका भेषराज कार्की र विप्लभ घोष अनि ओखलढुंगाका थलु राजभण्डारीलाई नियुक्त्त गरेको छ । उनीहरुलाई नियुक्त्त गर्ने प्रस्ताव समाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले मन्त्रीपरिषदमा लगेका थिए ।
गुण्डानाइकेको विवादित छवि भएका पर्शुरामलाई प्रदेश खेलकुद समितिको सदस्य सचिव बनाउन प्रथम समाजिक विकासमन्त्री जिवन घिमिरेलाई पनि चर्को दबाब परेको थियो । तर उनले आलटाल गर्दै प्रस्ताव मुख्यमन्त्री शेरधन राईसमक्ष लान ईन्कार गरेका थिए ।
मुख्यमन्त्री राईले पनि विवादास्पद छवि भएका पर्शुरामलाई सदस्य सचिवमा नियुक्त्त गरेर आफनो नेतृत्वमा दाग लगाउन चाहेका थिएनन । तर मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त्त भएपछि एमाले महासचिव ईश्वपोखरेलको निर्देशनमा पर्शुराम सदस्य सचिव बन्न सफल भएका हुन ।
दोलाखा थातथलो भएर विराटनगर बस्दै आएका पर्शुराम ठेक्कापटा हत्याउन नाइके बनेर गुण्डाहरुको समुह चलाउने गर्दथे । गुण्डागर्दीसँगै एमालेको राजनीतिमा प्रवेश गरेका उनी तात्कालिन युथफोर्स मोरङ अध्यक्ष हुदै युवासंघको केन्द्रि लेखा आयोग सदस्य सम्म बने । अहिले उनी एमाले खेलकुद महासंघको केन्द्रिय पदाधिकारी छन ।
अर्का गुण्डा नाइके विराटनगरका अभिषेक गिरीसँग कटटर सत्रुता रहेको समाचार नागरिक दैनिक र अनलाइनमा लेखेकै कारण पत्रकार खिलानाथ ढकाल ( हाल सेतोपाटीमा काठमाण्डौमा कार्यरत) लाई मरणसन्न कुटपिट गराएका थिए ।
उक्त्त गुण्डागर्दीको विरोधमा नेपाल पत्रकार महासंघ मोरङले एक महिना सम्म आन्दोलन गरेको थियो भने देश व्यापी आन्दोलन पनि केन्द्रिय समितिले घोषणा गर्नुपरेको थियो ।
फरार भएका पर्शुराम पछि अदालतमा हाजिर भएर छाडिएका थिए । तात्कालिन मोरङका एसपी प्रधुम्न कार्कीले पर्शुराम विरुद्ध अकुत आर्जन गरेको आरोपमा सम्पत्ती शुद्धिकरण विभागमा मुद्दा दर्ता गराएका थिए ।
पर्शुराम समुहले २०६४ मा अदालत परिसरमा अर्का गुण्डा नाइके गिरीलाई संघातिक आक्रमण गरेको थियो । गुण्डागर्दी कै कारण पर्शुराम माथि पटक पटक गोली प्रहार भएको थियो । पछिल्लो समय गोली प्रहार हुँदा शख्त घाइते भएका उनी विराटनगरको नोबेल अस्पतालमा लामो उपचारपछि निको भएका थिए ।
यसैगरि दुरगामी निर्णय नगर्न विपक्षीहरुले आग्रह गरेपनि अल्पमतमा रहेर पनि संबिधान मिचेर टिकिरहेको भीम आचार्य नेतृत्वको सरकारले प्रदेश पर्यटन बोर्डको पदाधिकारीहरु पनि नियुक्त्त गरेको छ ।
सरकारले बैठकले विराटनगरका फणिन्द्र अधिकारी , सुनसरीका देवी गौतम सोलुका भीमराज राई धनकुटाका उमेश घिमिरे , ईटहरिका प्रेरणा थापा र विर्तामोडका ईन्दिरा श्रेष्ठलार्य बोर्डमा नियुक्त्त गरेको हो । उनीहरुलाई नियुक्त्त गर्ने प्रस्ताव उद्योग , पर्यटन वन तथा वतावरण मन्त्री लछुमन तिवारीले लगेका थिए ।
मन्त्रालयका सचिव नै सदस्य सचिव रहने पर्यटन समिति जम्मा ११ सदस्यको रहनेछ । बाँकी प्रदेश सरकारको मन्त्रालयका अधिकृत , कार्यालयका प्रतिनिधि र महाशाखा प्रमुख रहनेछन ।
टिप्पणीहरू