शहर सुनसान,विमानस्थलमा घमासान
दशैंको नवौं दिन आज महानवमी हो । सर्वसाधारण भोलि विजया दशमीको दिन मान्यजनको हातबाट टीका र जमरा ग्रहण गर्न जसरी पनि घर पुग्नुपर्ने बाध्यतामा देखिन्छन् ।
स्थलमार्ग हुँदै राजधानी आउजाउ गर्नेको संख्या घटे पनि आज काठमाडौंको आन्तरिक विमानस्थलमा यात्रुको खचाखच भीड देखिएको छ ।
विमानस्थलस्थित हाम्रा सहकर्मीका अनुसार हवाइ जहाज उडेका उड्यै छन् । तर,यात्रुको भीड थामिनसक्नु हुँदै गएको छ । भीडका कारण हवाई उडानको समय पनि केही ढिलो हुने गरेको छ ।
विमानस्थल कार्यालयका अनुसार विगतलाई हेर्दा भोलि पनि त्यत्तिकै मात्रामा यात्रुको भीड हुनेछ । आजसम्म राजधानी छाड्नेको संख्या बढी हुन्छ भने भोलिदेखि राजधानी भित्रिनेको चाप पर्ने छ । दशैं लागेपछि दैनिक औसत ८ हजारको हाराहारीमा मानिसले हवाई यात्रा गर्दै राजधानी छाडेका छन् ।
टिप्पणीहरू