विप्लवले रुँदै दाजुको चित्तामा आगो लगाए
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका सहोदर दाजु तथा सो पार्टीका नेता चन्द्रबहादुर चन्द “वीरजङ्ग”को कपिलवस्तुको भगवानपुरमा अन्त्येष्टि गरिएको छ । नेता चन्दको पार्थिव शरीरमा महासचिव विप्लवले दागबत्ती दिनुभयो ।
त्यसअघि विप्लवले भावुक हुँदै दाजुको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम विदाई गर्नुभएको थियो । प्रवक्ता खड्कबहादुर विश्वकर्मालगायत पार्टीका नेता-कार्यकर्ताले स्व. चन्दलाई श्र्द्धाञ्जली अर्पण गरेका थिए ।
स्व. चन्द्रबहादुरको असोज २८ गते भारतको नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा उपचारका क्रममा असामयिक निधन भएको थियो । लामो समय जेलमा बिताएका चन्द्रबहादुरलाई जेलमै मुटु रोगले च्यापेको थियो । यसअघि उनको दुई पटक मुटुको शल्यक्रिया समेत गरिएको थियो ।
मुटु रोगले थलिएका ६१ वर्षीय चन्दको उपचारकै क्रममा अस्ति निधन भएको हो । त्यसपछि उनको शव नयाँ दिल्लीबाट कपिलवस्तुको शिवगढीस्थित घरमा ल्याइएको थियो ।
https://www.facebook.com/100015419081053/videos/591089955359474/
टिप्पणीहरू