माओवादीको भर्खरै सकिएको बैठकका निर्णयहरु यस्ता छन्…
नेकपा माओवादी केन्द्रको हिजोदेखि शुरु भएको स्थायी समितिको बैठक पर्सि फेरि बस्नेगरी भर्खरै सकिएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकले विभिन्न निर्णय गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकको निर्णय सुनाउँदै प्रवक्ता कृष्णबहादुर महराले टंक राईको अध्यक्षतामा अनुशासन आयोग गठन गरिएको बताउनुभएको छ ।
त्यसैगरी पार्टीमा प्रवेश गरेका अन्य दलका नेता तथा कार्यकर्तालाई एकीकृत र गोलबन्द तुल्याउने सम्बन्धमा ठोस निर्णयको लागि आगामी दिनमा समेत लाग्नुपर्ने निर्णय गरिएको छ ।
निर्णयमा भनिएको छ, ‘हाम्रो पार्टीमा प्रवेश गरेका विभिन्न साना तथा ठूला ४५ वटा दलले गरेको निर्णय कार्यदलले छलफल गरेपछि अनुमोदन गरियो ।’
माओवादी स्थायी समितिको अर्को बैठक पर्सि बिहीबार बस्ने छ ।
टिप्पणीहरू