महाकालीमा फसेकाको हवाई उध्दार,डोटीमा पनि वर्षाबाट जनधनको क्षति

महाकालीमा फसेकाको हवाई उध्दार,डोटीमा पनि वर्षाबाट जनधनको क्षति

बेमौसममा परेको अविरल वर्षाको कारण मुलुकको सुदूर पश्चिममा जनधनको ठूलो क्षति भएको छ । जताततै पहिरो र बाढीको जोखिम बढेको छ । खेतमा पाकेको धान नष्ट भएको छ ।हिजोदेखि महाकाली नदीको बाढीको कारण कञ्चनपुरको टापुमा फसेका पाँच जनाको आज सेनाको हेलिकोप्टरले उद्धार गरेको हो ।

उता,डोटीमा अविरल वर्षाबाट धेरै ठाउँमा जोखिम उत्पन्न भएपछि सुरक्षा निकायले स्थानीयलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । कुनै आपत परेमा तत्काल सम्पर्क राख्न र विषम अवस्थामा नागरिक तथा सुरक्षाकर्मीबीचको सम्पर्कलाई निरन्तरता दिन विभिन्न फोन नम्बर उपलब्ध गराइएको छ ।डोटी जिल्लावासीहरुलाई सम्पर्क गर्नको लागि प्रमुख जिल्ला अधिकारीको फोन नम्बर ९८००६१४६११, जिल्ला प्रहरी कार्यालयको फोन नम्बर ९८०१७४४००२, नेपाली सेनाको फोन नम्बर ९८१२५३३४३८, सशस्त्र प्रहरी बलको फोन नम्बर ९८२८०७६३१७ र त्रिवेणी एफ.एमको फोन नम्बर ९८२१६७१६२६ उपलब्ध गराइएको छ ।

टिप्पणीहरू