देउवा,विमलेन्द्र काङ्ग्रेसको एक र दुई-एमाले अखिल खुइखुइ

देउवा,विमलेन्द्र काङ्ग्रेसको एक र दुई-एमाले अखिल खुइखुइ

प्रधानमन्त्री शेरबहादुर देउवा नेपाल विद्यार्थी संघ (नेविसंघ) को दोस्रो सभापति हुनुहुन्छ । उनै देउवा माउ पार्टी नेपाली काँग्रेसमा दोस्रो पटक सभापतिको निम्ति प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

देउवामात्रै होइन उहाँलगत्तै नेविसंघको सभापति बनेका विमलेन्द्र निधि पनि माउ पार्टीमा सभापतिको दौडमा देखिनुभएको छ । तर यहि कुरो नेकपा एमालेमा भने फरक देखिन्छ । पुरानो विद्यार्थी संगठन भएर पनि अनेरास्ववियुबाट एमालेको अध्यक्ष बन्ने क्याडर तत्काल देखिएका छैनन् ।

“दशौँ महाधिवेशनको तयारीमा जोडतोडका साथ लागेको एमालेमा विश्वकान्त मैनालीदेखि सुनिता बराल र सुदेश पराजुलीसम्म आइपुग्दा अखिलका पूर्वअध्यक्षहरुले तत्काल माउपार्टीको शीर्ष तहमा दावा गर्ने त्यस्तो कुनै छनक देखिएको छैन ।”

एमालेले अखिललाई नेता तथा कार्यकर्ता उत्पादन गर्ने कारखाना ठान्दै आएको छ । तर त्यसबाट उत्पादित नेताहरु लामो समयसम्म पनि पार्टीको अध्यक्ष बन्ने तह र हैसियतमा पुग्न नसक्नु वा नपाउनुलाई बिडम्वनापूर्ण नै मान्नु पर्ने हुन्छ ।

दशौँ महाधिवेशनको तयारीमा जोडतोडका साथ लागेको एमालेमा विश्वकान्त मैनालीदेखि सुनिता बराल र सुदेश पराजुलीसम्म आइपुग्दा अखिलका पूर्वअध्यक्षहरुले तत्काल माउपार्टीको शीर्ष तहमा दावा गर्ने त्यस्तो कुनै छनक देखिएको छैन ।

तत्कालको सम्भावना शून्य

नेकपा एमालेमा अखिलको कमाण्डबाट आएका नेताहरुले तत्काल शीर्ष यात्रा तय गर्ने सम्भावना अत्यन्तै न्यून देखिन्छ । अझ अहिलेकै राजनीतिक समीकरणले दशौं महाधिवेशनसम्म निरन्तरता पाए एमालेमा अखिलबाट आएका नेताहरु सचिवभन्दा माथि जाने सम्भावनै छैन ।

“यति धेरै अखिलका नेताहरु एमालेको केन्द्रीय नेतृत्वमा रहे पनि तत्काल पार्टीको सुप्रिमो हाँक्ने हैसियतमा भने तत्काल कोही देखिएका छैनन् ।”

नेपाली काँग्रेसमा देउवा र निधि मात्रै होइन पछिल्लो पुस्ताका कल्याण गुरुङ्गसमेत माउपार्टीको सभापति बन्ने दौडमा छन् ।

तर एमालेमा अखिलका पूर्वअध्यक्षहरु भने त्यस्तो दौडमा अहिलेसम्म पुगेका छैनन् । अखिलका एकजना पूर्वअध्यक्ष नाम नलेख्ने शर्तमा भन्छन्, ‘एमालेको बाह्रौँ महाधिवेशन अगाडि अखिलका पूर्वअध्यक्ष माउ पार्टीको अध्यक्ष बनेमा त्यो नयाँ चमत्कार हुने छ ।’

अखिलका पूर्वअध्यक्षहरुमध्ये विश्वकान्त मैनाली,गोविन्दमान श्रेष्ठ,मुकुन्दबहादुर श्रेष्ठ,गौरी प्रधान र टङ्क कार्कीमध्ये अहिले एमालेको राजनीतिमा कोही पनि सक्रिय छैनन् । यसैगरी रामप्रसाद ज्ञवाली शिक्षण पेशामा संलग्न छन् ।

“विश्वकान्त मैनाली,गोविन्दमान श्रेष्ठ,मुकुन्दबहादुर श्रेष्ठ,गौरी प्रधान र टङ्क कार्कीमध्ये अहिले एमालेको राजनीतिमा कोही पनि सक्रिय छैनन् । यसैगरी रामप्रसाद ज्ञवाली शिक्षण पेशामा संलग्न छन् ।”

अखिलभित्र सानो उमेरमा राम्रो सम्भावना देखाएका रामनाथ ढकाल,मुकुन्दबहादुर श्रेष्ठ,गोविन्दमान श्रेष्ठ र रविन्द्र अधिकारीको निधन भइसकेको छ । तुलबहादुर गुरुङ्ग,राजेन्द्र राई र रामकुमारी झाँक्रीलगायतका पूर्वअध्यक्षहरु नेकपा एकीकृत समाजवादीमा छन् ।

अखिलको पूर्वअध्यक्ष रहेका योगेश भट्टराई मात्रै एमालेको पदाधिकारी छन् । शंकर पोखरेल एक जना स्थायी समितिमा छन् । हिक्मत कार्की,खिमलाल भट्टराई,ठाकुर गैरे,माधव ढुङ्गेल, नवीना लामा र ऐन महर केन्द्रीय सदस्य छन् । अध्यक्षबाहेक अखिलका पूर्वमहासचिव घनश्याम भुसाल एमालेमा उपमहासचिव छन् ।

“रामनाथ ढकाल,मुकुन्दबहादुर श्रेष्ठ,गोविन्दमान श्रेष्ठ र रविन्द्र अधिकारीको निधन भइसकेको छ । तुलबहादुर गुरुङ्ग,राजेन्द्र राई र रामकुमारी झाँक्रीलगायतका पूर्वअध्यक्षहरु नेकपा एकीकृत समाजवादीमा छन् । “

यति धेरै अखिलका नेताहरु एमालेको केन्द्रीय नेतृत्वमा रहे पनि तत्काल पार्टीको सुप्रिमो हाँक्ने हैसियतमा भने तत्काल कोही देखिएका छैनन् । यसले पनि तत्काल एमालेमा अखिलबाट आएका नेता सुप्रिमो बन्न नसक्ने पक्कापक्की हो ।

किन यस्तो ?

एमालेमा माउ पार्टीको भूमिगत राजनीति गरेर स्थापित भएका र अखिलको मोर्चाबाट राजनीतिमा आफ्नो स्थान बनाएका नेताहरु प्रायः सबै समकालीन देखिन्छन् ।

त्यही कारणले पनि हुनसक्छ अहिलेसम्म भूमिगत राजनीति गरेर उदाएका नेताहरुको एमालेमा एकछत्र प्रभाव छ । तर अब एमालेमा पनि विद्यार्थी राजनीतिबाट उदाएका नेताहरुको यात्रा तुलनात्मक सहज हुने देखिन्छ ।

एमालेको विधानले स्थापित गरेको ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्थाका कारण दशौँ महाधिवेशनपछाडि अहिले एमालेको शीर्ष स्थानमा रहेका धेरै नेताले एमालेको सक्रिय राजनीतिबाट बिदा लिनुपर्ने हुन्छ ।

त्यसपछिको एमाले भने अखिलको कारखानाबाट उत्पादन भएकाहरुबाटै हुने देखिन्छ । तर, राजनीतिमा सयौं सम्भावना र नौ सिङ हुने भएकाले यसै होला भनेर अहिले नै ठोकुवा गर्न सकिने अवस्था भने छैन ।

टिप्पणीहरू