हुम्लामा एकै घरका ६ जना बेपत्ता

हुम्लामा एकै घरका ६ जना बेपत्ता

लगातारको वर्षापछि आएको पहिरोमा परेर हुम्लाको खार्पुनाथ ५, खर्पेलगाउँमा एउटा घर पुरिएको छ । त्यहाँभित्र रहेका छ जना बेपत्ता भएका छन् ।

खर्पेलगाउस्थित बिचदउडामा रहेको धनवीरे शाहीको घरमा पहिरो खस्दा उनीसहित कलबहादुर शाही,आशा शाही र उनका ११, ५ र ३ वर्षीय छोरासहित छ जना पहिरोमा पुरिएर बेपत्ता भएका हुन् ।

पछाडिबाट आएको पहिरोले घर पुरै पुरिँदा एकै घरका सबैजना बेपत्ता भएको खार्पुनाथ ५ खर्पेलगाऊँका स्थानीय हर्क शाहीले जानकारी दिएका छन् ।

अस्ति राति ८ बजे पहिरोले घर पुरिँदा उध्दारमा समस्या भएको उनले बताए । लगातारको वर्षा र रातको समय भएकाले घटनास्थलमा सदरमुकाम सिमकोटबाट सुरक्षाकर्मी जान सकेका छैनन् ।

घटनास्थल नजिकैको याङ्चु प्रहरी चौकीसँग पनि वर्षाका कारण सम्पर्क हुन नसकेको स्थानीयको भनाइ छ ।

बिहान मात्र जिल्ला सदरमुकामबाट उद्धारको निम्ति संयुक्त सुरक्षा टोली पठाउने तयारी भएको हुम्लाका प्रहरी प्रमुख डिएसपी हेरम्ब शर्माले जानकारी दिनुभएको छ ।

टिप्पणीहरू