कात्तिके झरीले खेती सोत्तर,तिहारको फूल पनि बर्बाद (फोटोकथा)

कात्तिके झरीले खेती सोत्तर,तिहारको फूल पनि बर्बाद (फोटोकथा)

धादिङ,  साउनमा झैं परेको कात्तिके वर्षाले अधिकांश क्षेत्रका किसानलाई चिन्तित पारेको छ । कतै काटेर सुकाएको धान खेतमै भिजेको छ । पाकेको धान काट्न नपाएर खेतमै झर्ने अवस्था पुगेको छ ।

कात्तिकमा पनि बर्खामा जस्तै झरी र हावाहुरीले पाक्नै लागेको कोदो बारीमै सोत्तर बनेको छ । तिहार लक्षित फूल खेतीलाई पनि पानीले क्षति पुर्‍याएको छ । फूल खेल्दै गरेको खुर्सानी,भिण्डीलगायतका तरकारीजन्य उत्पादन पनि झरीले बिगारेको छ ।उत्पादनमा लागेको लागतसम्म उठाउन नपाउने अवस्था सिर्जना भएपछि अहिले किसानहरु निराश भएका हुन् । पाक्दै गरेको धान र कोदो कसरी भित्र्याउने भन्ने समस्याले किसानलाई पिरोलेको छ ।

दशैंअघि नै धान पाकेर पहेँलो भए पनि किसानले दशैं चटारोका कारण धान काट्न भ्याएका थिएनन् । तर दशैं सकिन नपाउँदै पानी परेपछि वर्षभरिको कमाई भित्र्याउने समयमा आएर किसान मर्कामा परेका छन् ।गत वर्षको तुलनामा यस वर्ष धानमा किरा नलाग्दा किसानहरु पनि खुशी नै देखिएका थिए । तर महान चाड दशैं सकिएलगत्तै किसानहरु धान काट्ने तथा भित्र्याउने तरखरमा थिए । तर,पाकिसकेको बाली लडाउने वा कुहिने हो कि भन्ने चिन्ताले अधिकांश किसानलाई सताएको छ ।

टिप्पणीहरू