माओवादीका ३३ बिभाग,महरालाई दुइटा जिम्मा
नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय विभाग र प्रतिष्ठानका प्रमुख तोकेको छ । माओवादीले ३३ वटा विभाग र प्रतिष्ठानलाई पूर्णता दिँदै प्रमुखहरु तोकेको हो ।
आज बसेको स्थायी कमिटी बैठकले विभाग र प्रतिष्ठानका प्रमुख तोकेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । प्रत्येक विभागमा कम्तिमा ३५ सदस्य रहने गरी प्रमुखहरु तोकिएको उहाँले बताउनुभयो ।
जसअनुसार पार्टी विदेश मामिला विभागमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ,संगठन विभागमा जनार्दन शर्मा प्रभाकर,उर्जा तथा जलश्रोत विभागमा लीलामणि पोखरेल र स्कुल विभागमा गिरिराजमणि पोखरेल प्रमुख तोकिनुभएको छ ।
त्यस्तै,अर्थ तथा योजना विभागमा वर्षमान पुन अनन्तलाई प्रमुख बनाइएको छ भने प्रचार प्रसार विभागमा कृष्णबहादुर महरा,भूमि सुधारमा हरिबोल गजुरेल र निर्वाचन विभागमा खिमलाल देवकोटा प्रमुख हुनुभएको छ ।
आजको बैठकले डिलाराम आचार्यको संयोजकत्वमा १७५ सदस्यीय सम्पर्क समिति गठन गरेको छ ।
यी हुन् माओवादी केन्द्रका विभाग र प्रमुखहरु
विपद व्यवस्थापन विभाग : सूर्य सुवेदी पथिक
अर्थ तथा योजना विभाग : बर्षमान पुन अनन्त
उपभोक्ता हित तथा आपूर्ति विभाग : मातृका यादव
भूमिसुधार विभाग : हरिबोल गजुरेल
कोष तथा आर्थिक व्यवस्था विभाग : डोरप्रसाद उपाध्याय
खानेपानी विभाग : बीना मगर
जलश्रोत तथा सिन्चाई विभाग : लीलामणि पोखरेल
निर्वाचन विभाग : खिमलाल देवकोटा
कानुन,न्याय तथा मानवअधिकार विभाग : मुक्तिनारायण प्रधान
प्रचार प्रसार विभाग : कृष्णबहादुर महरा
पुस्तकालय तथा अभिलेख विभाग : नारायणप्रसाद शर्मा
भौतिक पूर्वाधार तथा यातायात विभाग : हरि अधिकारी
युवा तथा खेलकुद विभाग : गणेशमान पुन
राजकीय मामिला विभाग : रेखा शर्मा
राष्ट्रिय सुरक्षा विभाग : कृष्णबहादुर महरा
वन तथा वातावरण विभाग : शक्ति बस्नेत
विदेश मामिला विभाग : नारायणकाजी श्रेष्ठ
शिक्षा तथा मानव श्रोत विभाग : नारायण शर्मा
विज्ञान तथा प्रविधि विभाग : गणेश साह
श्रम तथा रोजगार विभाग : रामेश्वर राय यादव
संगठन विभाग : जनार्दन शर्मा प्रभाकर
संघीय संसदीय विभाग : देवप्रसाद गुरूङ
समाज कल्याण विभाग : सत्या पहाडी
गरिबी निवारण विभाग : धर्मभक्त देवकोटा
शहरी विकास विभाग : देवेन्द्र पौडेल
सामान्य प्रशासन विभाग : लोकेन्द्र बस्नेत
साहित्य तथा सांस्कृतिक विभाग : गोपाल ठाकुर
स्थानीय तह विभाग : उर्मिला अर्याल
स्वास्थ्य तथा जनसंख्या विभाग : कल्पना धमला
नीति तथा अनुसन्धान प्रतिष्ठान : रामचन्द्र झा
टिप्पणीहरू