मान्छे पोल्ने माननीयको मुध्दा आज पनि रोकियो
दुई दर्जन मानिसलाई ज्युँदै ईंटाभट्टामा पोलेको अभियोगमा जेल जीवन बिताइरहेका रौतहटका काँग्रेसी नेता मोहम्मद आफ्ताब आलमविरुद्धको मुद्दाको सुनुवाईका लागि आज चढेको पेशी फेरि स्थगित भएको छ ।
उनको मुध्दा सुनुवाईका लागि न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको ६ नम्बर इजलाशको दोश्रो नम्बरमा पेशी तोकेर आज सुनुवाई हुन लागेको थियो ।
चुनावी आतंकका निम्ति बिष्फोटक पदार्थ बमसमेत बनाउने क्रममा घाइतेहरुलाई इट्टा भट्टामा पोलेर मारेको अभियोगअन्तर्गत ०७६ असोज २६ गते पक्राउ परेका उनको मुध्दाको पेशी यसअघि गत भदौ ११ मा पनि तोकिएको थियो ।
सो समयमा न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र प्रकाशकुमार ढुंगानाको इजलाशमा पेसी तोकिएको भए पनि आफ्ताबविरुद्ध जुटेका ७ जना वकिलमध्ये लिड अधिवक्ता पुष्प पौडेल विरामी भएको कारण देखाई पेशी सारिएको थियो ।
आज डा.आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलाशमै बैंकिङ कसुरमा हाल जेल जीवन बिताइरहेका कुनै समयका सेलिब्रेटी सिइओ कमल ज्ञवालीको मुध्दामाथि सुनुवाई हुँदैछ । ज्ञवालीको मुध्दा पहिलो नम्बरमा पेशी चढेको छ ।
टिप्पणीहरू