कार्तिकभरि सिके राउतको आन्दोलन
सिके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । केही दिनअघि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका सीडीई राजेश कुशवाहालगायतका कर्मचारीहरुमाथि दुर्ब्यवहार गरेको जनमत पार्टीले तिहारअघि सक्ने गरी भोलिबाट आन्दोलनका कार्यक्रम अगाडि बढाएको हो ।
जसअनुसार भोलि पार्टीको जिल्लास्तरीय बैठक,आन्दोलन समिति गठन,जिल्ला कार्यकारिणी समितिबाट हरेक पालिकामा आन्दोलन अनुगमन गर्ने अधिकारी चयन,जिल्ला सदरमुकाममा सिटी जुलुस निकाल्ने कार्यक्रम रहेको छ ।
त्यस्तै, कात्तिक ९ गते पालिकास्तरीय बैठक, पालिकास्तरीय आन्दोलन समिति गठन, मोटरसाईकल र्यालीसहित माङकिङ गर्ने कार्यक्रम तय गरिएको छ । १० गते, वडामा आन्दोलन समिति गठन, कोणसभा र मसाल जुलुश निकाल्ने, ११ गते वडास्तरीय युवा दस्ता प्रशिक्षण र अपार आन्दोलनको तयारी गर्ने कार्यक्रम रहेको छ ।
त्यसैगरी, कात्तिक १२ गते जिल्ला सदरमुकाममा मसाल जुलुश निकाल्ने, १३ गते अधिवेशनका सम्पन्न गर्ने, १४ गते केन्द्रीय कार्यकारीणी समिति र जिल्ला कार्यकारीणी समितिको बैठकले समिक्षा गर्दै थप आन्दोलनका कार्यक्रम बनाउने जनमत पार्टीको तयारी छ ।
कात्तिक १५ गते पालिकाहरुका ठूला बजार र हटियाहरुमा कोणसभा गर्ने र १६ गते वडा र टोलमा कोणसभा तथा अन्तरक्रिया कार्यक्रम गरी आन्दोलनलाई सर्वपक्षीय बनाउने सो पार्टीको तयारी छ ।

टिप्पणीहरू